२०३० सम्म ५० लाख पर्यटक भित्र्याइने

काठमाडौँ, २९ माघ : मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्यटन क्षेत्रलाई राज्यको प्राथमिक कार्यसूची बनाइनुपर्नेमा सरोकारयुक्त निकायले जोड दिएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को पाँचौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित ( पुरा पढ्नुहोस्… )

बेतिनी सिमसार पर्यटकीय र वनभोजस्थल बन्दै

उर्लाबारी, मोरङ, २८ माघ:  उर्लाबारीस्थित बेतिनी सिमसार पछिल्लो समयमा पर्यटकीय र वन भोजस्थलका रुपमा विकास हुँदै गएको छ । उर्लाबारी नगरपालिका–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्रमा अवलोकन तथा वनभोज खान आउनेको आकर्षण बढेको छ । ( पुरा पढ्नुहोस्… )

महिला पत्रकार शेर्पाले सगरमाथा आरोहण गर्ने

काठमाडौँ, २६ माघ: पर्यतीय पर्यटनको प्रवद्र्धन र नव आगन्तुक पत्रकार महिलालाई हौसला दिने उद्देश्यका साथ पत्रकार डोमा शेर्पाले आगामी चैतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले ( पुरा पढ्नुहोस्… )

पर्यटन प्रवद्र्धनका लागि पाथीभरा पर्यटन महोत्सव

ताप्लेजुङ, २५ माघ:  ताप्लेजुङलाई १ नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित तीन दिने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथनको आयोजना गरिँदै छ । यहाँ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र ( पुरा पढ्नुहोस्… )

पर्यटकको पर्खाइमा पञ्चासे

फलेवास, पर्वत, २५ माघ :  पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन ( पुरा पढ्नुहोस्… )

‘पर्यटन प्रवद्र्धन’ का नाममा खर्च त भए तर अनुत्पादक !

काठमाडौँ, २४ माघ:  पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर तथा ( पुरा पढ्नुहोस्… )

रामपुरको तालपोखरामा डुंगा सञ्चालन

रामपुर, पाल्पा, २४ माघ :  पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गरेको रामपुरको तालपोखरामा डुंगा सञ्चालन गर्न थालिएको छ । पोखराको फेवातालको झल्को दिनेगरी निर्मित तालपोखरामा मंगलबारदेखि दुई वटा डुंगा सञ्चालनमा ल्याइएको हो । वर्षायामको बेलामा ( पुरा पढ्नुहोस्… )

प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

इलाम, २३ माघ :  पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ । पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग ( पुरा पढ्नुहोस्… )

सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन

रत्ननगर चितवन, १९ माघ:  पाँच वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने उक्त केन्द्र पुनःसञ्चालन गरिएको ( पुरा पढ्नुहोस्… )

पर्यटकीय गन्तव्यको प्रचारका लागि महोत्सव

पाल्पा, १८ माघ :  पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८, बरादीस्थित धार्मिक पर्यटकीय गन्तव्य महामृत्युञ्जय शिवासनधामको प्रचार प्रसारका लागि महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव हुने भएको छ । महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि ( पुरा पढ्नुहोस्… )

Page 40 of 47« First...102030...3839404142...Last »