कक्षा १२ को परीक्षा सुरु

काठमाडौं ,९ मंसिर : कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै ( पुरा पढ्नुहोस्… )

सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिनुस्-१२ कक्षाका परीक्षार्थीलाई शिक्षामन्त्रीको अनुरोध

काठमाडौं,८ मंसिर : शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै ( पुरा पढ्नुहोस्… )

विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

काठमाडौं,३ मंसिर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ ( पुरा पढ्नुहोस्… )

कक्षा ११–१२ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा अन्योल

काठमाडौं,२६ कात्तिक : २० भदौ २०७६ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को सिफारिस अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गर्‍यो, जसअनुसार कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू भएको ( पुरा पढ्नुहोस्… )

२४० जनाको उपप्राध्यापक परीक्षा रद्द परीक्षकलाई मोबाइल नम्बर दिएपछि

काठमाडौं ,२६ कात्तिक : त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले २४० जनाको उपप्राध्यापक पदको लिखित परीक्षा रद्द गरेको छ । उपप्राध्यापक बन्न उत्तरपुस्तिकामै मोबाइल नम्बर लेखेर पठाएपछि उनीहरूको परीक्षा र उत्तरपुस्तिकालाई मान्यता नदिने निर्णय भएको आयोगले ( पुरा पढ्नुहोस्… )

सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा

काठमाडौं,२ कात्तिक : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतपछि रोकिएको डिप्लोमा/प्रमाणपत्र तहको नियमित ( पुरा पढ्नुहोस्… )

होल्डिङ विद्यालयबाट सेन्टर हटाउन माग

झापा,२६ असोज : अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले ( पुरा पढ्नुहोस्… )

सञ्चालन गर्न अनुमति सबै प्रकारका परीक्षा

काठमाडौं,२१ असोज : सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा ( पुरा पढ्नुहोस्… )

त्रिभूवन विश्वविद्यालय राजनीतिक भर्ती केन्द्र बनेको आरोप

५ असोज, काठमाडौं: नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभूवन विश्वविद्यालय राजनीतिक भर्ती केन्द्र बनेको आरोप लगाएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले सोमबार विज्ञप्ति जारी गर्दै उपकुलपति नै राजनीतिक उद्देश्य बोकेर आएकोले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाएको ( पुरा पढ्नुहोस्… )

पाठ्यक्रम विकास केन्द्र : शैक्षिक सत्र आगामी चैतमै सकिन्छ

काठमाडौं,३० भदौ : पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल ( पुरा पढ्नुहोस्… )

Page 1 of 5912345...102030...Last »