कराची किंग्सले जित्यो पीएसएल उपाधि

कराची किंग्सले जित्यो पीएसएल उपाधि

काठमाडौं,मंसिर ३ : पाकिस्तान क्रिकेट टोलीका कप्तान तथा कराँची किंग्सका ओपनर बाबर आजम पाकिस्तान सुपर लिग (पिएसएल) २०२० को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भएका छन् ।

मंगलबार राती सम्पन्न फाइनलमा कराँचीलाई पहिलो पटक पिएसएलको उपाधि दिलाउन बाबरले अविजित अर्धशतकीय इनिङ खेलेका थिए । फाइनलमा लाहोर कलन्दर्सलाई ५ विकेटले हराउँदै कराँची च्याम्पियन बनेको थियो । जसक्रममा बाबरले ४९ बलमा ६३ रनको इनिङ खेलेका थिए ।

बाबर पिएसएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ११ इनिङमा तीन पटक अविजित रहँदै कुल ४ सय ७३ रन बनाए । जसमा पाँच अर्धशतक सामेल छ । बाबर क्वालिफायर र फाइनल दुबैमा प्लेयर अफ द म्याच चुनिएका थिए । दुबै खेलमा अर्ध शतक प्रहार गरेका थिए । उत्कृष्ट लयमा रहेका बाबरले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

त्यस्तै पिएसएल २०२० मा पाकिस्तानकै युवा तीव्र गतिका बायाँ हाते बलर शाहिन अफ्रिदी उत्कृष्ट बलर चुनिएका छन् । लाहोर कलन्दर्सका अफ्रिदीले १२ खेलमा १७ विकेट लिएका थिए । स्प्रिट अफ क्रिकेट अवार्ड मुल्तान सुल्तान्सले पाएको छ । उत्कृष्ट विकेटकिपर कलन्दर्सका बेन डंक चुनिएका छन् । उनले प्रतियोगिताभर कुल ९ क्याच लिएका थिए ।