होफेनहाइमलाई हरायो बर्लिनले

होफेनहाइमलाई हरायो बर्लिनले

कार्तिक १८ : जर्मन बुन्डेस लिगामा युनियन बर्लिनले १० खेलाडीमा समेटिएको होफेनहाइमलाई ३–१ ले हराएको छ । सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा बर्लिनले बाजी मारेको हो ।

प्रेजेरो एरिना सिनसेहिममा सोमबार राति भएको खेलमा बर्लिनको जितमा म्याक्स क्रुस, जोएल फोजानपालो र सेडरिक टिउचेर्टले गोल गरे । घरेलु टोलीका मुनार डावुरले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ५८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिएपछिको फाइदा बर्लिनले उठाउन सफल भएको थियो । रोबर्ट स्कोभ सिधै रातो कार्ड खादै मैदान बाहिरिएका थिए । त्यसमा प्राप्त पेनाल्टीमा म्याक्स क्रुसले गोल गर्दै बर्लिनलाई अग्रता दिलाए ।

८०औं मिनेटमा मुनारले बराबरी गोल फर्काए । तर त्यसपछि बर्लिनले दुई गोल गर्दै जित पक्का गरे । ८५औं मिनेटमा जोएलले तथा इन्ज्युरी समयमा सेडरिकले गोल गरे ।

यो जितसँगै बर्लिन ६ खेलबाट ९ अंक जोडेर सातौं स्थानमा उक्लदा होफेनहाइम ७ अंकसहित १२औं स्थानमा यथावत छ । बायर्न म्युनिख १५ अंकसहित शीर्षस्थानमा छ । समान १५ अंक नै भएपनि गोल अन्तरमा बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा छ ।