नारायणकाजीमाथि बाबुरामको कटाक्ष

नारायणकाजीमाथि बाबुरामको कटाक्ष

काठमाडौं,चैत ६ : अन्तिम समयमा आएर एसईई परीक्षा स्थगित गरेको भन्दै समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसहकर्मी समेत रहेका नाराणकाजी श्रेष्ठ र उनको समुहप्रति कटाक्ष गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिदै सरकारमा रहेको नारायणकाजी गुटले नेकपा नै सिध्याउने दावी गरेका छन् । ‘यो काजी गुटको काम सधैँ शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने : गुट चलाउने ! माके सिध्यायो अब नेकपा सिध्याउँछ’, डा.भट्टराईले ट्वीटरमा छेडखान हानेका छन् ।

उनले एसईई परीक्षा स्थगित नै गर्नु थियो भने केही दिन पहिला विद्यार्थी र अभिाभवक तनावमुक्त हुने तथा अनावाश्यक खर्च र दुःख पाउने थिएनन् भनेका छन् । ‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झै अघिल्लो दिन हैन, केही दिन पहिला परीक्षा रोके होलान् यति कुरो केही दिन पहिला गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे ?’ भट्टराईले प्रश्न गरेका छन् ।