ज्यान गुमाउनेको संख्या २५ सय बढी इटालीमा कोरोनाका कारण

ज्यान गुमाउनेको संख्या २५ सय बढी इटालीमा कोरोनाका कारण

काठमाडौं चैत ५: इटालीमा कोरोना भाइरसका कारण २४ घण्टाभित्र ३ सय ४५ को ज्यान गुमाएका छन् । यससँगै त्यहाँ मृतकको संख्या २ हजार ५ सय ३ पुगेको छ । यो १६ प्रतिशतको वृद्धि हो ।

साथै, संक्रमितको संख्या पनि २७ हजार ९ सय ८० बाट ३१ हजार ५ सय ६ पुगेको छ । संक्रमितमा पनि १२.६ प्रतिशतको वृद्धि भएको छ ।

युरोपेली देशमध्ये इटालीमा कोरोनाको कहर अत्यधिक देखिएको छ ।