बम विस्फोट पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा

बम विस्फोट पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा

काठमाडौं,फागुन २८ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।  भक्तपुर  जिल्ला  मध्यपुर थिमि  लोकन्थली वडा नं १ स्थित मनहरा प्लानिङमा  रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान बिहान अन्दाजी समय ७:५० बजे विष्फोट भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार ठूलो आवाजसहित भएको थियो । भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा१९ च४७८१ नं को डेलिभेरी भ्यानको अगाडि को सिसा फुटेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । कपिल केसी र कुबेर घिमिरे को घरको सिसा फुटेको छ ।

प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ ।

बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए।