डलर रेकर्ड बनाउनेतर्फ अग्रसर :आजको विनिमय दर

डलर रेकर्ड बनाउनेतर्फ अग्रसर :आजको विनिमय दर

काठमाडौं ,फागुन २८ : नेपाल राष्ट्र बैङ्कले बुधबार (फागुन २८) गते जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

अमेरिकी डलर एकको खरिददर ११८.३० रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.९० रुपैयाँ रहेको छ । युरोमा भने केही गिरावट देखिएको छ । युरोको खरिद दर १३४.४२ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.११ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५४.२३ रहँदा बिक्री दर १५५.०१ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३८६.७३ रुपैयाँ रहेको छ भने बिक्री दर ३८८.६९ रुपैयाँ रहेको छ । बहराइनको दिनारको खरिद दर ३१३.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१५.२२ रुपैयाँ रहेको छ ।