पूनरागमन जित लेस्टरको

पूनरागमन जित लेस्टरको

सोमवार, मंसिर १६ : लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता दिदा एभर्टनमाथि पूनरागमन जित निकालेको छ । घरेलु टोली लेस्टर सिटीले एक गोलले पछि परेको स्थितिमा एभर्टनमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेमी भार्डी र केलेची इहेन्चोले गोल गरे । एभर्टनका रिचार्लीसनले गरेको गोल सान्तवना बन्यो ।

खेलको २५औं मिनेटमा रिचार्लीसनको गोलबाट लेस्टर सिटी खेलमा पछि परेको थियो । पहिलो हाफमा १–० को अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । ६८औं मिनेटमा जेमी भार्डीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा केलेचीले गोल गर्दै लेस्टरलाई २–१ को पूनरागमन जित दिलाए ।

जितसँगै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । लेस्टरले सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टरको १४ खेलबाट ३२ अंक पुगेको छ । यसक्रममा लेस्टरले १० जित, समान २ बराबरी र हारको नतिजा निकालेको छ । शीर्षस्थानको लिभरपुलको ४० अंक छ । सिटी २९ अंकसहित तेस्रो तथा २६ अंक जोडेर चेल्सी चौथो स्थानमा रहेको छ ।

यस्तै म्याचेस्टर युनाइटेड एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिएको छ । घरेलु टोलीका निल्ससन लिनलफल एक गोल गर्दा एक गोल उपहार पाएको थियो । एस्टन भिल्लाका ज्याक ग्रियलिस र ट्योरोनी मिङ्सले गोल गरे । लिगमा म्यानचेस्टरको यो छैटौ बराबरी हो । युनाइटेड १४ खेलबाट १८ अंक जोडेर नवौं स्थानमा छ ।

यस्तै आर्सनलले नर्विच सिटीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । वल्भ्स र सेफिल्ड युनाइटेडले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।