म्यानचेस्टरको हार आत्मघाती गोलमा

म्यानचेस्टरको हार आत्मघाती गोलमा

शुक्रबार, मंसिर १३ : इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा काजकस्तानको क्लब एफसी एस्तानासँग स्तब्ध बनेको छ । युनाइटेडले सुरुवाती अग्रत जोगाउन नसक्दा एस्तानासँग २–१ ले स्तब्ध बनेको हो ।

एस्ताना एरिनामा बिहीबार राति भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाइटेडले खेलको १०औं मिनेटमा जेसे लिङ्गार्डको गोलबाट अग्रता लिएको थियो । टोलीको कप्तानी गरिरहेका उनले लुका साको पासमा गोल गरेका थिए । पहिलो हाफसम्म १–० को लिएको युनाइटेडले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन ।

५५औं मिनेटमा दिमित्री सोमकोले बराबरी गोल फर्काए । ६२औं मिनेटमा डि सोन बर्नाडले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २–१ ले पछि परेको थियो । रुकाभिनाको क्रसलाई बर्नाडले क्लियर गर्न खोज्दा डिफ्लेक्ट हुदै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ ले स्तब्ध बन्यो ।

यही समूहको अर्काे खेलमा एजेट अल्कामार र पार्टीजान बेलग्राडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पार्टीजानले दुई गोलको अग्रता जोगाउन नसक्दा घरेलु टोलीसँग बराबरीमा रोकिन पुगेको हो ।

जितसँगै एस्तानाले समूह ‘एल’ मा पहिलो जितसहित ३ अंक जोडेको छ । युनाइटेड १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । बराबरीसँगै अल्कामारको ५ खेलबाट ९ तथा बेलग्राडको ५ अंक छ ।