बालक अपहरणको प्रयास चिया र बिस्कुट खान दिने भन्दै गर्ने भारतीय जेल चलान

बालक अपहरणको प्रयास चिया र बिस्कुट खान दिने भन्दै गर्ने भारतीय जेल चलान

सप्तरी,मंसिर १३ : बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ । सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका १६ वर्षीय बालक (अनिल भनिने दुर्गानन्द झा) लाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाउने आदेश दिएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५ दादरबैरियाकी आठ वर्षीया आँचल शर्मालाई गत कात्तिक १४ गते आरोपितहरुले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । पीडित बालिका मृत्यु भएका हजुरबुवाको १३ दिने श्राद्धमा मामाघर आएकी थिइन् ।

थुप्रै पटक भएको अनुसन्धानले यो प्रमाणित गरिसकेको छ कि बिहान चाँडै उठ्ने मानिसहरु आत्मप्रेरित हुन्छन् । उनीहरु लगातार काम गरिरहन्छन् । अरुले भनेको कुराहरु पनि उनीहरु धेरै मान्छन् । उनीहरुले धेरै नै लक्ष्य राख्छन् । भविष्यको योजना उत्कृष्ट तरिकाले बनाउन सक्छन् ।

बिहानै उठ्ने मानिसहरु आफ्नो स्वास्थ्यको पनि निकै ख्याल राख्छन् । राती अबेरसम्म जागा रहनेको तुलनामा सखारै उठ्ने मानिस कम रक्सी पिउँछन् । डिप्रेशनको पनि कमै शिकार हुन्छन् ।

यस्तै, राती अबेरसम्म जागा बस्नेहरुको तीक्ष्ण स्मरणशक्ति हुन्छ । उनीहरु बिहान चाँडै उठ्नेहरुभन्दा अत्यधिक बौद्धिक हुन्छन् । उनीहरुको काम गर्ने गती पनि निकै छिटो हुन्छ । राती अबेरसम्म जागा बस्नेहरु नयाँ प्रयोग गर्न पनि खुल्ला दिमागले काम गर्छन् । राती अबेरसम्म जागा रहनेहरु बिहान चाँडै उठ्नेहरु झैं स्वस्थ, बुद्धिमान र धनी पनि हुन्छन् ।

बिहान चाँडै उठ्ने टारगेट सेट गर्नु कुनै फाइदाको काम होइन भनेर स्पष्ट हुनुहोस् । तपाईंलाई अलि बेर सुत्न मन लागेको छ भने सुत्नुहोस् ।

अक्सफोर्ड युनिभर्सिटीकी वैज्ञानिक क्याथरिन वुल्फका अनुसार हरेक व्यक्तिको शरीरभित्र प्राकृतिक घडी हुन्छ । उनीहरु सुत्ने उठ्ने तालिका त्यही हिसाबले चल्छ । यसलाई सिर्काडियन क्लक भनिन्छ । यसै घडीको हिसाबले हाम्रो शरीरलाई सुत्ने–उठ्ने मन हुन्छ ।