समाधान गर्ने सरकारको तयारी लिम्पयाधुरा मात्रै होइन सुस्ताको समस्या पनि

समाधान गर्ने सरकारको तयारी लिम्पयाधुरा मात्रै होइन सुस्ताको समस्या पनि

काठमाडौं,मंसिर १२ : सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आवाश्यक प्रमाणहरु जुटाएर अतिक्रमित भूमि फिर्ताको पहल गर्ने तयारीमा सरकार लागि परेको बताएका छन् ।

‘ऐतिहासिक दस्तावेज खोजी गरेर सीमासम्बन्धी सवै समस्या समाधान गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले निर्णय नै गरेर समिति नै बनाइसकेको छ,’ बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कालापानी नेपालको भूमि भएकोमा दुईमत नभएको भन्दै लिम्पियाधुरा नेपालको पश्चिमी सीमा रहेको तर त्यसका लागि प्रमाण जुटाउने काममा सरकार लागिरहेको बताए ।

उनले कुटनीतिक र राजनीतिक माध्यमबाट समस्या समाधान गर्ने भन्दै त्यसका लागि सरकारले पाएको म्याण्डेट अतुलनीय रहेकाले सरकार सीमा समस्या समाधान गर्न प्रतिवद्ध रहेको दावी गरे । ‘कागजात जुटाएर तथ्यगत आधारमा भारतसँग कुरा गरेर लिम्पियाधुरा मात्रै होइन सुस्ताको विवाद पनि टुङग्याउँछ,’ मन्त्री बाँस्कोटाको भनाइ छ ।

१० सदस्सीय वार्ता समिति गठन गरेको भन्दै उक्त समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउने मन्त्री बाँस्कोटाले बताए ।