सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ,मंसिर १२ :नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ ।

बुधबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

स्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य घटेर तोलामा ८५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा रु ८५५ रुपैयाँ रहेको थियो ।