काठमाडौं ,
मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी ८५५ मा कारोबार भएको थियो ।