सुनको मूल्य तोलामा रु ४०० बढ्यो

सुनको मूल्य तोलामा रु ४०० बढ्यो

काठमाडौं ,मंसिर ३ : मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु ४०० बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८६० मा कारोबार भएको छ ।

यसअघि सोमबार चाँदी तोलामा रु ८५० मा कारोबार भएको थियो ।