टर्कीसँग रोकियो विश्वविजेता फ्रान्स

टर्कीसँग रोकियो विश्वविजेता फ्रान्स

मंगलबार, आश्विन २८ : विश्वविजेता फ्रान्स युरोकप छनोटमा घरेलु मैदानमा टर्कीसँग बराबरीमा रोकिएको छ । पेरिसमा आइतबार राति भएको खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएर पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँड्नु परेको हो।

घरेलु टोली फ्रान्सले टर्कीलाई दवावमा राखेपनि टर्कीको बलियो रक्षापङ्ति तोड्न सकेको थिएन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

७६औं मिनेटमो ओलिभर जिरुउडको गोलबाट फ्रान्सले खेलमा शुरुवाती अग्रता बनाएको थियो । उनले एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गरेका थिए । तर, फ्रान्सको त्यो अग्रता लामो समय टिकेन । ८२औं मिनेटमा कान एहानले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै फ्रान्स ८ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १९ अंक रहेपनि टकी गोल अन्तरमा शीर्षस्थानमा छ ।
यही समूहको अर्काे खेलमा आइसल्यान्डले एन्डोरालाई २–० ले तथा अल्वानियाले माल्दोभालाई ४–० को भारी अन्तरले पराजित गरेको छ ।

आइसल्यान्ड १५ अंकसहित तेस्रो स्थानमा छ । अल्वानिया १२ अंक जोडेर चौथो स्थानमा छ । एन्डोरा र माल्दोभाको समान ३ अंक छ ।