शनिबार राति भएको खेलमा पीएसजीले बोर्डुअक्सलाई १–० को गोल अन्तरले पराजित गर्दा नेयमारको गोल निर्णायक बनेको हो ।बोर्डुअक्सलाई लगातार दवामा सिर्जना गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
७०औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी १–० ले विजयी हुन सफल भयो ।
जितसँगै पीएसजी लिग वानको शीर्षस्थानमा उक्लिएको छ । पीएसजीको ८ खेलमा १८ अंक छ । पराजित बोर्डुअक्स १२ अंक जोडेर पाँचौं स्थानमा छ ।