अपराजित इन्टर अझै

अपराजित इन्टर अझै

आइतवार, आश्विन १२: इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । शनिबार राति भएको खेलमा साम्पडोरियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इन्टरले आफ्नो अपराजित यात्रालाई सातौ खेलसम्म लम्ब्याएको हो ।

१० खेलाडीमा सिमित इन्टरको अपराजित यात्रामास्टेफानो सेन्सी, एलेक्सिस सान्चेज र रोबर्टाे गाग्लीआर्डीनीले गोल गरे । साम्पडोरियाका जाकुब जाङ्टोले एक गोल फर्काए ।

खेलको २०औं मिनेटमा सेन्सीले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । २२औं मिनेटमा साञ्चेजले गोल गर्दै इन्टरलाई शुरुवातमै २–० ले अघि बढाएको थियो ।

दोस्रो हाफको शुरुमै इन्टर १० खेलाडीमा समेटियो । ४६औं मिनेटमा सान्चेजले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि इन्टर दवावमा देखिएको थियो । ५५औं मिनेटमा जाकुवले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ६१औं मिनेटमा रोवर्टाेले गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए ।

जितसँगै शीर्षस्थानमा फर्किएको इन्टरले ६ खेलमा १८ अंक जोडेको छ । दोस्रो स्थानको युभेन्टसको १६ अंक छ । साम्पडोरिया ३ अंक जोडेर पुछारमा छ ।