२ जना पक्राउ,बौद्धबाट ८३ केजी रक्तचन्दन बरामद

२ जना पक्राउ,बौद्धबाट ८३ केजी रक्तचन्दन बरामद,

काठमाडौं  बिहीबार, भाद्र १२ : प्रहरीले प्रतिबन्धित रक्तचन्दनसहित बुधबार साँझ २ जनालाई बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले खेम्बा  र नोर्बुम पक्राउ गरेको पुष्टि गर्दै उनीहरुको साथबाट ८३ केजी रक्तचन्दन बरादद गरिएको जानकारी दिए ।

विशेष सुराकीको आधारमा प्रतिबन्धित रक्तचन्दनसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा रक्तचन्दनलाई प्रतिबन्ध लगाइएको छ ।