इएफएल कपको अर्काे चरणमा एभर्टन

इएफएल कपको अर्काे चरणमा एभर्टन

बिहीबार, भाद्र १२ : प्रिमियर लिग क्लब एभर्टन इएफएल कपको अर्काे चरणमा प्रवेश गरेको छ । दोस्रो राउन्डमा एभर्टनले लिग वान क्लब लिन्कन सिटीलाई ४–२ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो ।

एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरे । घरेलु टोलीका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल गरे ।

खेलको १८ सेकेन्डमै ह्यारी एन्डरसनको गोलबाट पाहुना टोली खेलमा पछि परेको थियो । ३६औं मिनेटमा लुकास डिग्नेले बराबरी गोल गरे । ५९औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई २–१ ल्े अघि बढाएका थिए ।

७०औं मिनेटमा ब्रुनोले घरेलु टोलीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए । तर, त्यसपछि घरेलु टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिन सकेन । ८१औं मिनेटमा एलेक्स इओवी र ८८औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई ४–२ को जित दिलाए ।

इएफएल कपको अन्य खेलको नतिजा
बर्नमाउथ
विरुद्ध फरेस्ट ग्रीन (०–०) पेनाल्टी (–०)
बर्नली विरुद्ध सन्डरल्यान्ड (१–)
न्यु क्यासलविरुद्ध लेस्टर सिटी (१–१) पेनाल्टी (२–)
क्युपिआरविरुद्ध पोर्टसमाउथ (०–)
रोदरह्यामविरुद्ध सेफ वेड (०–)
स्वान्सी सिटीविरुद्ध क्यामब्रिज (–०)