च्याम्पियन्स लिगको समूह चरणमा आयाक्स

च्याम्पियन्स लिगको समूह चरणमा आयाक्स

बिहीबार, भाद्र १२ : डच क्लब आयाक्स युइएफए च्याम्पियन्स पलगको समूह चरणका प्रवेश गरेको छ । दोस्रो लेगमा साइप्रसको अपोइल निकोसियालाई २–० ले पराजित गर्दै अघिल्लो सिजन सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेको आयाक्स समूह चरणमा पुग्न सफल भएको हो ।

आयाक्स पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको थियो । बुधबार राति घरेलु मैदान योहान क्रुफ एरिनामा आयाक्सलाई जिताउन एड्सन अल्भारेज र डुसान टाडिकले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको ४३औं मिनेटमा एड्सन अल्भारेजको गोलबाट आयाक्स पहिलो हाफमा १–० ले अघि बढेको थियो । हाकिम जियकको क्रसमा अल्भारेजले हेडमार्फत गोल गरेका थिए ।

५१औं मिनेटमा हाकिम जियकले गोल गरेपनि भिएआरको सहायताले मान्यता पाएन । ७९औं मिनेटमा डुसान टाडिककले गोल गर्दै आयाक्सको जित पक्का गरे । उनले क्लास जान हुन्टेलरको पासमा गोल गरेका थिए ।

प्ले अफको अन्य खेलको नतिजा
क्लब ब्रग
विरुद्ध लास्क (–१) (–१)
स्लाभिया प्रागविरुद्ध सिएफआर क्लज (–०) (–०)