निसान गाडीहरुका लागि आकर्षक उपहार योजना

निसान गाडीहरुका लागि आकर्षक उपहार योजना

नाडा अटो शोको बुकिङ्गमा MI 8 LITE मोबाइलपाइन

काठमाडांै,भदौ११ : २०७६ भदौ १० गतेबाट सुरु हुने नाडा अटो शोमानिसान गाडीका लागि“फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरेको छ । निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरे वापत रु.३१,९९९ बराबरको MI 8 LITE मोबाइल निःशुल्क दिइने छ ।
गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् ।
यसका अतिरिक्तआकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाख सम्मको प्रावधान राखिएको छ । ९५,९०० सम्मको निःशुल्क एसेसरिज, एक वर्ष सम्मका बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग,३ वर्ष वारेन्टी,सर्भिसिङ्गलोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ ।
नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसम सम्म नै रहने छ ।
निसान गाडी तथा फेस्टिभ ड्राइभ योजनाको बारेमा थप जानकारीका लागि कृपया नाडा अटो शोको पायोनियर मोटोकर्प स्टल नं. I21 मापाल्नुहोला ।