आकर्षक प्रस्तावमा सान्चो डर्टमन्डमै !

आकर्षक प्रस्तावमा सान्चो डर्टमन्डमै !

बिहीबार, भाद्र ५:  जर्मन क्लब बोरुसिया डर्टमन्डले इंग्ल्यान्डका युवा स्टार जाडोन सान्चोसँगको सम्झौता नवीकरण थप गरेका छन् ।

१९ वर्षीय युवा प्रतिभा सान्चोलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले चासो देखाएपछि डर्टमन्डले सान्चोसँगको सम्झौता बाँकी रहँदै थप सम्झौता गरेको हो । सान्चोको यसअघि २०२२ सम्मको सम्झौता रहेको थियो ।

सम्झौतापछि उनको वार्षिक पारिश्रमिकमा १० मिलियन पाउन्ड वृद्धि हुनेछ । उनले सातामा १ लाख ९० हजार पाउन्ड पाउनेछन् ।

नयाँ सम्झौतासँगै सान्चो टिनेजर खेलाडीमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । अघिल्लो साता सान्चो पाँचौ स्थानमा रहेका थिए । सम्झौता हुनुभन्दा अघि सान्चोले सातामा ७५ हजार पाउन्ड पाउने थियो ।

अघिल्लो सिजन १३ गोल गरेका सान्चोले यो सिजनको सुरुवातमा गोल गर्दै नयाँ सिजनमा पनि प्रभाव जमाउने संकेत दिएका छन् ।

टप १० टिनेजरको साताको पारिश्रमिक
जाडोन सान्चो, १९ वर्ष (१ लाख ९० हजार मिलियन पाउन्ड) – बोरुसिया डर्टमन्ड
भिनिसियस जुनियर, १९ वर्ष (१ लाख ९० हजार मिलियन पाउन्ड) रियाल म्याड्रिड
रोड्रिगो, १८ वर्ष (७६ हजार मिलियन पाउन्ड) – रियाल म्याड्रिड
रायन सेसेग्नन, १९ वर्ष (७० हजार मिलियन पाउन्ड) – टोटेनहम
जोओओ फेलिक्स, १९ वर्ष (५८ हजार मिलियन पाउन्ड) – एट्लेटिको म्याड्रिड
मोइस किन, १९ वर्ष (५३ हजार मिलियन पाउन्ड) – एभर्टन
फिल फोडेन, १९ वर्ष (३० हजार मिलियन पाउन्ड) – म्यानचेस्टर सिटी
रेइस नेल्सन, १९ वर्ष ३० हजार मिलियन पाउन्ड – आर्सनल
कलुम हड्सन ओडोई, १८ वर्ष (२२ हजार मिलियन पाउन्ड) – चेल्सी
ताकेफुसा कुवो, १८ वर्ष (१७ हजार मिलियन पाउन्ड) – रियाल म्याड्रिड