ओडोइ चार महिनापछि चेल्सीको प्रशिक्षणमा !

ओडोइ चार महिनापछि चेल्सीको प्रशिक्षणमा !

बुधबार, भाद्र ४ : चोटग्रस्त चेल्सीका कलुम हड्सन ओडोइ र एन्टेनियो रुडिगर चेल्सीको प्रशिक्षणमा फर्किएका छन् ।

इंग्ल्यान्डका १८ वर्षीय फरवार्ड करिव ४ महिनापछि चेल्सीको प्रशिक्षणमा फर्किएका हुन् । कलुम गत अप्रिलपछि चेल्सीको पुर्ण प्रशिक्षणमा फर्किएको हो ।

यस्तै जर्मन डिफेन्डर एन्टेनियो रुडिगरले चेल्सीको यु–२३ टोलीबाट खेल्दै आफु पुर्ण फिटर रहेको संकेत दिएका छन् ।

यि दुई महत्वपुर्ण खेलाडी प्रशिक्षणमा फर्किएसँगै प्रशिक्षक फ्रान्क लाम्पार्डलाई राहत मिलेको छ । उनीहरु दुवैले शनिबार नर्विचविरुद्धको खेलबाट पुनरागमन गर्नेछन् ।

१८ वर्षीय युवा प्रतिभा ओडोइलाई प्रशिक्षक लाम्पार्डले इडेन हजार्डको विकल्पमा अघि सार्नेछन् । हजार्ड यसै सिजन स्पेनिस क्लब रियाल म्याड्रिड पुगेका छन् । हजार्ड नहुदा चेल्सीको अग्रपङ्ति केही फितलो देखिएको छ । ओडोइलाई चेल्सीले यसै सिजन थप ५ वर्षको लागि अनुबन्ध गरिसकेका छन् ।

ओडोइ प्रशिक्षणमा फर्कदा इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले खुशीको सन्देश रहेको बताएका छन् । प्रशिक्षक ग्यारेथले उनलाई युरो २०२० का लागि महत्वपुर्ण खेलाडीको रुपमा राखेको छ ।