निमोनिया युभेन्टस प्रशिक्षक सार्रीलाई

निमोनिया युभेन्टस प्रशिक्षक सार्रीलाई

मंगलबार, भाद्र ३ : इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक माउरिजियो सार्री निमोनियाले ग्रस्त भएका छन् । ६० वर्षीय सार्रीलाई सुरुवातमा सामान्य ज्वरो आएको भनिएपनि पछि उनलाई विस्तृत परिक्षणपछि निमोनिया लागेको पत्ता लागेको हो ।

सोमबार विहानसम्म पनि क्लबमा रहेका सार्रीलाई दिउँसो परिक्षणका लागि लागिएको थियो । उनले गत साता ट्रीएस्टिनाविरुद्ध भएको मैत्रीपूर्ण खेल पनि विश्राममा रहेका थिए । उनले अब शनिबार हुने लिगको सुरुवाती खेलमा उपस्थित हुने नहुने बारे पक्का रहेको छैन । युभेन्टसले लिगको पहिलो खेलमा पार्मासंग खेल्दैछ ।

इटालियन क्लबका पूर्व प्रशिक्षक समेत रहेका सार्री गत सिजन चेल्सी पुगेका थिए । चेल्सीमा उनले युरोपा लिग उपाधि जितेपनि युभेन्टसको प्रस्ताव आएपछि पुन: इटाली फर्केका थिए ।