म्यानचेस्टर अंक बाड्न बाध्य पोग्वा पेनाल्टीमा चुक्दा

म्यानचेस्टर अंक बाड्न बाध्य पोग्वा पेनाल्टीमा चुक्दा

मंगलबार, भाद्र ३ : उपाधि दावेदार म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । युनाइटेडले शुरुवाती अग्रता र पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टोली वल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

खेलको २७औं मिनेटमा एन्थोनी मार्सियलको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । मार्सियलले उनले मार्कुस रासफोर्डको पासमा गोल गरेको थिए ।

दोस्रो हाफमा शुरुवाती समयमौ घरेलु टोलीले खेललाई बराबरीमा ल्याउन सफल भयो । ५५औं मिनेटमा रुवेन नेभेसले जाओ मौटिन्होको पासमा गोल गरेका थिए ।

६८औं मिनेटमा युनाइटेडले खेलमा अघि बढ्ने अवसर पाएको थियो । रायन बेन्नेटलले मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा पल पोग्वा चुकेका थिए । पोग्वाको प्रहार वल्भ्सका गोलरक्षक रुइ पेट्रेसियोले बचाएका थिए ।

अघिल्लो खेलमा चेल्सीलाई ४–० ले पराजित गरेर हौसिएको युनाइटेडले वल्भ्सलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा अंक बाड्न बाध्य भए ।