सुनचाँदीको भाउ आज कति छ?

सुनको मूल्य तोलामा रु ४०० बढ्यो

काठमाडौं,भदौ २: साताको पहिलो दिन सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो ।