बार्सिलोनाको टोली बाहिर मेस्सी !

बार्सिलोनाको टोली बाहिर मेस्सी !

शुक्रबार, श्रावण ३१ : क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले यो सिजनको ला लिगा अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन् ।

मेस्सीले चोटका कारण आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेल गुमाउने प्रशिक्षक इर्निस्टो भालभेर्डेले बताएका छन् ।

प्रशिक्षक भालभेर्डेले बिल्वाओविरुद्धको खेलका लागि मेस्सीलाई टोलीमा समेटेका छैनन् । मेस्सीले बार्सिलोनाको प्रशिक्षणमा जोडिएको पहिलो दिन नै पिडौंलामा चोट बोक्न पुगेका थिए । त्यसयता उनी नियमित थेरापीमा छन् ।

प्रशिक्षक भालभर्डेले मेस्सीलाई एथ्लेटिक बिल्वाओविरुद्ध खेलाएर जोखिम नमोल्ने बताएका छन् । ‘३२ वर्षीय मेस्सीलाई लिएर म कुनै जोखिन मोल्न चाहन्न । उनी शतप्रतिशत फिट नहुँदासम्म पर्खने निर्णय लिएका छौं,’ प्रशिक्षकले भालभर्डेले थपेका छन् ।