चेल्सीविरुद्धको खेल गुमाउने गोलरक्षक एलिसनले

चेल्सीविरुद्धको खेल गुमाउने गोलरक्षक एलिसनले

आइतवार, श्रावण २६ : मर्सिसाइड क्लब लिभरपुल तथा ब्राजिली पहिलो रोजाईका गोलरक्षक एलिसन बेकरले चेल्सी विरुद्धको सुपर कप गुमाउने भएको छ ।

एलिसनले काल्फ इन्ज्युरीका कारण १५ अप्रिलमा इस्तानुबुलमा हुने चेल्सीविरुद्धको खेल गुमाउने भएको हो । एलिसनले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नर्विच सिटीविरुद्ध ४–१ को प्रभावशाली जित निकालेको खेलको ३९औं मिनेटमा चोट बोकेका थिए । इटालियन क्लब रोमाका २६ वर्षीय पुर्व गोलरक्षक बेकरलाई यसै सिजन लिभरपुल आएका एड्रियनले विस्थापित गरेका थिए ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उनीमा केही समस्या देखिएको र यो सकरात्मक नरहेको भन्दै चेल्सीविरुद्धको खेलमा उपलब्ध हुन नसक्ने बताएका छन् । प्रशिक्षक क्लोपले एड्रियनले पनि नर्विचविरुद्ध राम्रो प्रदर्शन गरेकाले चेल्सीविरुद्ध उनी तयार रहेको बताएका छन् ।

बेकरले डेब्यु सिजनमै रेड डेभिल्सलाई युइएफए च्याम्पियन्स लिग जिताउन र प्रिमियर लिगमा दोस्रो बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । ब्राजिलले कोपा अमेरिका उपाधि जित्दा पनि एलिसनले गोल्डेन ग्लोभ्स जितेका थिए ।