बार्सिलोनाको सानदार जित नेपोलीमाथि

बार्सिलोनाको सानदार जित नेपोलीमाथि

आइतवार, श्रावण २६: प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब एसएस नेपोलीमाथि सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले नेपोलीमाथि ४–० को फराकिलो जित निकालेको हो । बार्सिलोनाको फराकिलो जितमा लुइस सुआरेजले २ तथा एन्टोइन ग्रिजमन र औसमाने डेम्वेलेले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै ४ गोल गर्न सफल भएको थियो ।

४८औं मिनेटमा सुआरेजको गोलबाट बार्सिलोनाले गोलको खाता खोलेको थियो । ५६औं मिनेटमा एन्टोइन ग्रिजमनले बार्सिलोनाको अग्रता दोब्बर बनाए । यसै सिजन बार्सिलोना पुगेका ग्रिजमनले बार्सिलोनाका लागि पहिलो गोल गर्न सफल भए ।

त्यसको दुई मिनेटपछि नै सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका थिए । ६३औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए ।

यस्तै अर्काे मैत्रीपुर्ण खेलमा इटालियन क्लब एसी मिलानले फिरोनीकेलीलाई २–० ले पराजित गरेको छ । मिलानको जितमा सुसो र फावियो बोरिनीले गोल गरे ।