मैदान बाहिर साने सात महिना

मैदान बाहिर साने सात महिना

शुक्रबार, श्रावण २४ : इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी तथा जर्मनी राष्ट्रिय टोलीका भरपर्दा विंगर लिरोए साने कम्तीमा पनि सात महिना मैदान बाहिर रहने पक्का भएको छ ।

सिटीका म्यानेजर तथा प्रशिक्षक पेप ग्वार्डिओलाले साने सात महिना मैदान बाहिर रहने पुष्टि गरेको छ ।

सानेले लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड अन्तरगतको खेलमा एन्टेरियर क्रिउसेट लिगामेन्ट (एसिएल) को चोट बोकेका थिए । उनी खेलको १३औं मिनेटमा साृही चोटका कारण मैदानबाट बाहिरिएको थियो ।

उनको स्थानमा गाब्रियल जेसस मैदान प्रवेश गरेको थियो । खेलमा सिटी पेनाल्टी सुटआउटमा ५–४ ले विजयी हुदै च्याम्पियन बनेको थियो ।