बिहीबार इतिहासकै सबैभन्दा बढी सेयर कारोबार अनलाइन कारोबार मार्फत

बिहीबार इतिहासकै सबैभन्दा बढी सेयर कारोबार अनलाइन कारोबार मार्फत

काठमडौँ,साउन २४:  बिहीबार नेपालको पुँजी बजारको इतिहासमै नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा सेयर कारोबार भएको छ ।

कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् ।

बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।