अध्यक्षसँग २ करोड माग्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलायो, एक जना घाइते

अध्यक्षसँग २ करोड माग्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलायो, एक जना घाइते

काठमाडौं,साउन २४: काठमाडौंको स्वयम्भुमा गोली चलेको छ । शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि गोली चलाएको हो ।

स्वयम्भुस्थित झिगु क्याफेमा लुटेरा पक्राउ गर्ने क्रममा प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर लुटेरा तामाङ तामाङको घोडामूनी गोली लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरीको गोली लागि घाइते भएका लोप्साङ तामाङ भन्ने मिलनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रुपैयाँ मागेका थिए । उनले मागेको रकम नदिए अध्यक्षकी छोरीको ज्यानै लिने धम्की समेत दिएका थिए ।

तामाङको यस्तो धम्कीपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको र त्यही उजुरीका आधारमा शुक्रबार स्वयम्भुको विजेश्वरीमा प्रहरीले तामाङको समुहलाई भेटाएको थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा तामाङ भाग्न खोजेपछि गोली चलाएको जनाएको छ ।