नौबीसेमा भारतीय नागरिकको मृत्यु ट्रकको ठक्करबाट

नौबीसेमा भारतीय नागरिकको मृत्यु ट्रकको ठक्करबाट

२३ साउन, काठमाडौं : धादिङको धुनीवेशी नगरपालिका–६, नौबीसेमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको ज्यान गएको छ ।

काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले बुधबार राति ११ः३० बजे ठक्कर दिँदा अन्दाजी ४२ वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो । दास भारत पश्चिम चम्पारनका स्थायीबासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले दिएको जानकारी अनुसार ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि नेसनल अस्पताल कलंकी पुर्‍याइएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियाे ।

प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक सुनौली नगरपालिका–९ का ३५ वर्षीय यमबहादुर पाइजा मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको धादिङका प्रवक्ता प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।