मोटरसाइकल खस्दा एकको मृत्यु बाढीले बनाएको खाल्डोमा

मोटरसाइकल खस्दा एकको मृत्यु बाढीले बनाएको खाल्डोमा

धनुषा साउन २१ : धनुषाको कनकपट्टिमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ कनकपट्टिस्थित अविरल वर्षातले आएको बाढीले बनाएको खाल्डोमा खसेर शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टि बस्ने ३० वर्षिय सुजित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरबाट कनकपट्टि जाने बाटोमा रहेको खाल्डोमा परी आइतबार राति मोटरसाइकल दुर्घटनामा परेका थिए ।

मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

ज १० प ३७२० नम्बरको मोटरसाईकल सहित पासवान खाल्डोमा खसेका थिए । मृतक पासवानको शव जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।

गत असारमा अविरल वर्षातले आएको बाढीका कारण सडक बगाएर बनाएको खाल्डो खतरनाक भएपनि स्थानीय सरकारले कुनै चासो नलिएकै कारण अप्रिय घटना भएको स्थानीयवासीहरु  आरोप छ ।