४ किलो सुन बरामद त्रिभुवन विमानस्थलबाट

४ किलो सुन बरामद त्रिभुवन विमानस्थलबाट

२० साउन, काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो ।

हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई बताए ।