आज पनि बाढीको खतरा, ७२ मिलिमिटर वर्षा

आज पनि बाढीको खतरा, ७२ मिलिमिटर वर्षा

२२ असार, काठमाडौं : काठमाडौँ उपत्यकामा बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती नदीको जलाधार क्षेत्रमा समेत बहाव बढ्ने र काठमाडौँ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र सर्वाधिक ७२ मिलिमिटर वर्षा भएको छ ।

यस्तै आज देशैभरका प्राय नदीनालाहरु बढ्दो क्रममा रहने पनि महाशाखाले जनाएको छ ।

त्रिशुली, बुढीगण्डकी, कोशी, मस्र्याङदी, सेती, दुधकोशी, सुनकोशी, तामाकोशी, कालीगण्डकी र कर्णालीमा आज मध्यान्हपछि भोलिसम्म सबै नदीहरुमा बहाव बढ्ने सतर्कता अपानाउन महाशाखाले जनाएको छ ।