युनाइटेडमा सम्झौता थपे रासफोर्डले

युनाइटेडमा सम्झौता थपे रासफोर्डले

मंगलबार, अषाढ १७ : इंग्ल्यान्डका फरवार्ड मार्कुस रासफोर्डले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता नवीकरण गरेका छन् ।

५ बर्से नयाँ सम्झौता अनुसार रासफोर्ड सन् २०२४ को सुरु सम्म क्लबमै रहने भएका छन् । सम्झौता अनुसार रासफोर्डले बोनससहित ३ लाख पाउण्ड प्राप्त गर्नेछन् ।

सम्झौतापछि रासफोर्डले म्यानचेस्टर आफ्नो लागि सब थोक रहेको बताएका छन् । ‘म यहाँ ७ बर्षको उमेरमा आए । क्लबले मलाई खेलाडी र मानिसको रुपमा धारिलो बनाउने काम ग¥यो । म धन्य छु, मैले क्लबको जर्सी लगाउन पाएको छु ।’ उनले थपे ।

२१ वर्षीय फरवार्डले रासफोर्डले प्रिमियर लिगमा १ सय ७० खेल खेलेका छन् । उनले इंग्ल्याण्डबाट ३२ क्याप समेत जितेका छन् । उनले युनाईटेडबाट ४५ गोल गर्नुका साथै २६ गोलका लागि अवसर सिर्जना गरेका छन् ।