सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं,असार ९, २०७६:सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बिमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र अनुसार अव बैंकका ग्राहकहरुले बैंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।