वेल्सको हार हंगेरीसँग

वेल्सको हार हंगेरीसँग

बुधबार, जेष्ठ २९ : युरो छनोटमा ग्यारेथ वेलको वेल्सले लगातार दोस्रो हार बेहोरेको छ । वेल्स घरेलु टोली हंगेरीसँग १–० ले पराजित भएपछि लगातार दोस्रो हार बेहोर्न बाध्य बनेको हो ।

वेल्स यसअघि क्रोएसियासँग २–१ ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेसँगै वेल्सको युरो छनोट यात्रा झिनो बन्दै गएको छ ।

समूह ‘एफ’ मा वेल्स ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । चार खेलमा ३ जितसहित हंगेरी ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ९ मिनेट बाँकी रहँदा घरेलु टोलीका मेट पाटकाईले गरेको गोल नै निर्णायक बन्यो ।

यही समूहको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई ५–१ ले हरायो ।