संघर्षपुर्ण जित इटालीको

संघर्षपुर्ण जित इटालीको

बुधबार, जेष्ठ २९: इटालीले युरोकप छनोटमा संघर्षपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो ।

घरेलु मैदानमा इटालीको संघर्षपुर्ण जितमा लोरेन्जो इनसिग्ने र मार्काे भेराट्टीले गोल गरे । बोस्नियाका इडेन जेकोले एक गोल गरे ।

इटालीले एक गोलले पछि परेको स्थितिमा जित निकालेको हो । खेलको ३२औं मिनेटमा जेकोले गोल गरेपछि इटाली पहिलो हाफमा १–० ले पछि परेको थियो ।

दोस्रो हाफको शुरुमै इटालीले बराबरी गोल फर्काए । ४९औं मिनेटमा लेरेन्जो इनसिग्नेले फेडरिकोको पासमा बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको ४ मिनेट बाँकी रहँदा मार्काे भेराट्टीले गोल गर्दै इटालीलाई २–१ को जित दिलाए ।

जितसँगै इटाली समूह ‘जे’ मा अपराजित रहेको इटालीको ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

अर्काे खेलमा फिनल्यान्डले लिचेस्टाइनलाई २–० ले हरायो । फिनल्यान्ड ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अर्मेनियाले ग्रीसलाई ३–२ ले हरायो ।

अर्मेनिया ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । ग्रीस र बोस्निया हर्ज गोभिना समान ४ अंकसहित चौथो र पाँचौ स्थानमा रहँदा लिचेस्टाइनले अंक जोड्न सकेको छैन ।