विश्वविजेता फ्रान्सको प्रभावशाली जित एमबाप्पेको गोलसँगै

विश्वविजेता फ्रान्सको प्रभावशाली जित एमबाप्पेको गोलसँगै

बुधबार, जेष्ठ २९: युवा फरवार्ड केलियन एमबाप्पेले गोलगरेसँगै विशवविजेता फ्रान्सले प्रभावशाली जित हात पारेको छ ।

फ्रान्सले एन्डोरामाथि ४–० को प्रभावशाली जित हात पारेको हो । फ्रान्सको प्रभावशाली जितमा केलियन एमबाप्पे, विसम विन यडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले गोल गरे ।

एन्डोरामा मंगलबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । उनले एन्टोइन ग्रिजमनले गोल गरे । ३०औं मिनेटमा विसम विन यडरले फ्लोरियन थाउभिनको पासमा गोल गरेपछि फ्रान्सले २–० को अग्रता बनायो ।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेको पासमा फ्लोरियले गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको थियो । ६०औं मिनेटमा कुर्ट जौमाले गोल गर्दै फ्रान्सलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै फ्रान्स समूह ‘एच’ मा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ९ अंक भएपनि फ्रान्सले टर्की र आइसल्यान्डलाई गोलअन्तरमा पछि पारेको हो । एन्डोराले अंक जोड् सकेको छैन ।

यही समूहको अर्काे खेलमा आइसल्यान्डले टर्कीलाई २–१ ले गरेको छ । जितसँगै आइसल्यान्डले फ्रान्स र टर्कीसँग अंक बराबरी गरेको छ ।

आइसल्यान्डको जितमा रगनर सिगुर्सनले दवै गोल गरे । डोरुआन टोकोजले एक गोल फर्काए ।