सेयरबजार हरियो, सूचक १२७५ विन्दुमा

सेयरबजार हरियो, सूचक १२७५ विन्दुमा

 जेठ २८ : साताको तेस्रो कारोबार दिन सेयरबजारमा कारोबार मापक सूचक हरियो भए पनि नेप्से १२७५.९९ विन्दुमा रोकिएको छ।आज नेप्से सूचक शून्य दशमलव १७ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ४० अंकले बढेको भए पनि आज आधा करोडको पनि कारोबार भएन।

कुल १ सय ७४ कम्पनीको १५ लाख कित्ता सेयर बिक्री भएका छन्। आज सेयरबजारमा वाणिज्य बैंक, व्यापार, ऊर्जा, माइक्रोफाइनान्स, विकास बैंक र म्युचुअल फन्डका सूचक हरियो भए पनि जीवन बीमा, अन्य, निर्जीवन बीमा, फाइनान्स र होटल समूहको कारोबार सूचक घटेको छ।

आज सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्टको भएको छ। कम्पनीको ३ करोड ७८ लाखको सेयर किनबेच भएको हो। त्यसपछि दोस्रो बढी कारोबार हुने कम्पनीमा एनआईसी एसिया बैंक रहेको छ।

कम्पनीको २ करोड ७४ लाखको, कृषि विकास बैंकको २ करोड ५९ लाखको, नेपाल बैंक लिमिटेडको २ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै प्रभुको १ करोड ४५ लाख, एनसीसी बैंकको १ करोड २१ लाखको सेयर कारोबार भएको छ।