भारतमा आँधी र चट्याङबाट आठको मृत्यु

भारतमा आँधी र चट्याङबाट आठको मृत्यु

बिहार जेठ २८ : पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन्।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्डिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको छ।

आँधी र चट्याङको सोमबार साँझ एक साथ आएको बताइएको छ। बिहार राज्यको गोपालगञ्जमा तीन,सिओहारमा एक, सितामढीमा एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो।

यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको छ।

भीषण रुपमा आएको आँधीको कारण कयौं रुखहरु ढलेको र धुलोसहितको यस आँधीको कारण विद्युत आपूर्तिमा अवरोध भएको बताइएको छ।

भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए।