इन्डिगोको समर सेल: ९९९ रुपैयाँमा हवाइ टिकट

इन्डिगोको समर सेल: ९९९ रुपैयाँमा हवाइ टिकट

नयाँ दिल्ली जेठ २८  : भारतको बजेट वायुसेवा कम्पनी इन्डिगो एयरले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको टिकट दरमा भारी कटौती गरेको छ।समर सेल’ नाम दिइएको यो अफरमा यात्रुले आन्तरिकतर्फ ९९९ रुपैयाँदेखि टिकट पाउनेछन्। अन्तर्राष्ट्रियतर्फको टिकट दर ३ हजार ४९९ बाट सुरु हुनेछ।

आज मंगलबारदेखि सुरु भएको यो अफर शुक्रबारसम्म रहनेछ। अहिले खरिद गरिएको टिकट २६ जुनदेखि २८ सेप्टेम्बर २०१९ सम्मा यात्रा गरिसक्नुपर्ने अफर अन्तर्गत १० लाख टिकट बिक्री गर्ने कम्पनीको लक्ष्य छ।

यो अफर अन्तर्गत इन्दुरइन्ड बैंकको कार्डबाट टिकट खरिद गर्दा इन्डिगोले थप २० प्रतिशत अथवा २ हजार रुपैयाँसम्म क्यास ब्याक गर्नेछ। यसका लागि कम्तिमा ४ हजार रुपैयाँको कारोबार गर्नुपर्ने वायुसेवाले जनाएको छ।

कम्पनीको आधिकारिक वेबसाइट गोइन्डिगो डट आइएनका अनुसार नयाँ दिल्ली–अहमदावादको टिकट १ हजार ७९९ बाट सुरु हुनेछ। दिल्ली–भुवनेश्वर रुटका लागि २ हजार ४९९ रुपैयाँ पर्नेछ।

गुरगाउँ, हरियाणा केन्द्रीय कार्यालय रहेको इन्टरग्लोब एभिएसन लिमिटेड (इन्डिगो) ले दैनिक ६६ गन्तव्य (५१ भारतभित्र र १५ अन्तर्राष्ट्रिय) मा १ हजार उडान गर्छ। नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल आधारित यो वायुसेवासँग एयरबस ३२० सिरिज एवं एटिआरका गरी कूल २३२ जहाज छन्। कम्पनीले ३८६ थप जहाज अर्डर गरेको छ।