नेपालको बैकिङ प्रणाली दक्षिण एसियामा सबैभन्दा राम्रो : अर्थमन्त्री

नेपालको बैकिङ प्रणाली दक्षिण एसियामा सबैभन्दा राम्रो : अर्थमन्त्री

जेठ २८, २०७६ : काठमाडौं– नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै सबैभन्दा राम्रो अवस्थामा रहेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकाले विदेशीले पनि ऋण दिन पत्याउन थालेको उल्लेख गरे । अहिले बैंकमा औसल १ प्रतिशतको हाराहारीमा निस्क्रिया कर्जा रहेको र अन्य सुचकहरु पनि रामो रहेकाले बैंकिङ प्रणाली राम्रो भएको उनले बताए ।

अर्थमन्त्री भन्छन्, ‘अब कुनै पनि संकट आए दोडेर बैंकमा पैसा झिक्न जानुपर्दैन ।साना निक्षेपकर्ताको ३ लाखसम्मको रकमको बिमा छ । त्यो निक्षेप डुब्ने अवस्थामा छैन । बैंकहरुलो व्यवस्थामा सुधार ल्याएका छन्, निस्क्रियकर्जाको अवस्था घटिरहेको छ । नेपालको बैंक दक्षिण एसियामै राम्रो बनेको छ ।’

कोषको केही दायित्व थपियएको बताउँदै उनले भने, ‘बिमा दायिात्व बढीरहेको छ । कोषले  नाफा गरेको छ तर यो जोखिममाथिको नाफा हो । सम्भवतः यो कोषमा म अर्थमन्त्री भएपछि ५ अर्ब सेयर पुँजी सरकारले थपेको छ । यसको जस अर्थमन्त्रालयलाई दिए हुन्छ । अब अर्को २ अर्ब यही आर्थिक वर्षमा थपेर यसलाई १० अर्ब चुक्तापुँजी भएको  बलियो कोष बनाउँने छांै ।’