फाइभ जी फोन तत्काल एप्पलको नआउने

फाइभ जी फोन तत्काल एप्पलको नआउने

काठमाडौं : प्रिमियम स्मार्टफोन बजारमा एप्पलले सर्वोत्कृष्ट ब्राण्डको रुपमा आफ्नो पहिचान कायमै राखिरहेको छ । तर एउटा पछिल्लो प्रविधिको मामिलामा चाहिँ एप्पल पछि परेको छ ।

बेलायत, चीन तथा जापान जस्ता देशहरुले फाइभ जी नेटवर्कको विकास गरिसकेका छन् । र, स्मार्टफोन कम्पनीहरु बीचमा फाइभ जी कनेक्टिभिटीयुक्त स्मार्टफोन उत्पादन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । तर आइफोन निर्माता एप्पल चाहिँ यो मामिलामा पछि परेको छ ।