मगर समूहको भवन निर्माण

श्रमदानमा सामुदायिक भवन निर्माण

बेझाड, २७ वैशाख : मगर पहिचान झल्किने खालका वस्तुलाई संरक्षण गरेर राख्ने उद्देश्यले पाल्पाको रामपुरमा क्रियाशील मगर उत्थान समूहद्वारा भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य वीरबहादुर रानाले मगर समुदायको भाषा संस्कृति संरक्षणसँगै समग्र समुदायको उत्थान र विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मगर समुदायले राम्रो संस्कार र संस्कृतिलाई अँगाल्दै राज्यका हरेक तहमा सहभागिता जनाई मूलधारमा आउनुपर्ने बताउनुभयो । रु २१ लख ५८ हजार ३१८ बराबरको लागतमा भवन निर्माणकार्य सम्पन्न भएको समूहका अध्यक्ष रामबहादुर हिस्की थापाले बताउनुभयो ।

कार्यालय सञ्चालन, बैठक, भेला बस्न, विभिन्न कार्यक्रम गर्न भवन निर्माण भएपछि सहज हुने उहाँले बताउनुभयो । समूहका सदस्य, विभिन्न व्यक्तिबाट रकम उठाएर भवन निर्माण गरिएको कोषाध्यक्ष हुममाया रानाले जानकारी दिनुभयो । विप्लवका जिल्ला अध्यक्ष पक्राउ नेत्रविक्रम चन्दले नेतृत्व गरेको समूहको अनेरास्ववियु क्रान्तिकारी पाल्पाका अध्यक्ष मुक्ति गैरेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ ७ः३० बजे जिल्ला सदरमुकाम तानसेनको वसन्तपुरबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वासुदेव नेपालले जानकारी दिनुभयो । पक्राउ परेका गैरे समूहको सचिवालय सदस्यसमेत रहेका छन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।