तस्वीर दुरुपयोग गरेको अभियोगमा पक्राउ

साइबर अपराध तालीम

मेलम्ची, २४ वैशाख ९ : फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्र र सरकार प्रमुखका तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । अभियुक्त चौलागाईंलाई आजै महानगरीय अपराध महाशाखामा बुझाइने बताइएको छ ।