नेपालकलेज अफम्यानेजमेन्टको २० औं स्थापनादिवसको उपलक्ष्यमा कविता र गायन प्रतियोगिता सम्पन्न

चैत्र ३०, धोबिघाट, ललितपुर : गुरुकुलशिक्षा प्रतिष्ठानद्वारा प्रवद्र्घित नेपालकलेज अफम्यानेजमेन्टको २० औं स्थापनादिवस तथा कलेजका संस्थापक अध्यक्ष स्व. क्षेत्र प्रताप अधिकारीको पाँचौँ स्मृतिदिवसको उपलक्ष्यमाअन्तरमहाविद्यालयस्तरीयकविता र गायन प्रतियोगिता आजकलेज परिसर धोबिघाटमा सम्पन्नभयो ।

काठमाडौं विश्वविद्यालय स्कुलअफम्यानेजमेन्टका डिन प्रा.डा. विजय के.सी.को प्रमुखआतिथ्य, डा. चिन्तामणी योगीप्रमुखवक्ता र कलेजकाअध्यक्षनारायण शर्मा गजुरेल, प्राचार्य प्रा.डा. सुशिल भक्त माथेमाको समुपस्थितिमाबिहान ९ बजे आरम्भ भएको कार्यक्रम अपरान्ह ३ बजे सम्पन्नभएको थियो ।

कविता प्रतियोगितामा लिटिल एन्जलकलेज, काठमाडौं युनिभर्सिटि स्कुलअफम्यानेजमेन्ट, गोल्डेन गेट कलेज, नेपालकमर्स क्याम्पस, शङ्करदेव क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, अर्किड इन्टरनेशनलकलेज, काठमाडौं कलेज अफम्यानेजमेन्ट, नेपालकलेज अफम्यानेजमेन्टका विद्यार्थीहरूको सहभागिता रहेको यस प्रतियोगितामा कविता प्रतियोगितामा पुल्चोक क्याम्पसका मोहित जोशीप्रथम र अर्किड इन्टरनेशनल कलेजकी रिना साह द्वितीय, त्यसै गरी गायन प्रतियोगितामा गोल्डेन गेट कलेजका समीर तामाङ प्रथम र लिटिल एन्जलकलेजकी रश्मीशंकर द्वितीयभई नगद पुरस्कार, ट्रफी र प्रमाण पत्रप्राप्त गरेकाथिए ।

कविता प्रतियोगिताका निर्णायक विप्लवप्रतिक र गिरिराजजोशी, गायन प्रतियोगिताका निर्णायक रेमण्डदाश श्रेष्ठ, जिग्मे शेर्पा, सन्नीमहत, गुरुकुलशिक्षा प्रतिष्ठानका सदस्यअमनअधिकारीद्वारा पनिमन्तव्य प्रकट गरिएको थियो ।